कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो मुख्य पेसा बनाउँदै निरन्तर अगाडि बढिरहनुभएकी आरती बुढा आजको हाम्रो Featured Model हुनुहुन्छ।
अनुशासित, लगनशील र कलाप्रति समर्पित आरतीले कला घरमा थिएटर अभिनयका गुरु गोविन्द सुनार बाट अभिनयको प्रशिक्षण लिएर आफ्नो कलाकारिता यात्रा सुरु गर्नुभएको हो। अभिनयप्रतिको रुचि, निरन्तरको अभ्यास र मेहनतले उहाँलाई आज मोडलिङ तथा कलाकारिताको क्षेत्रमा अगाडि बढ्न प्रेरित गरेको छ।
दर्जनौँ सुदूरपश्चिमेली देउडा गीतहरूमा आफ्नो अभिनय तथा मोडलिङको जादु छरिसक्नुभएकी आरतीले ‘अछेता’ नाटकमा समेत अभिनय गरिसक्नुभएको छ। नाटक तथा म्युजिक भिडियोमा गरेको अभिनयका लागि उहाँले विभिन्न अवार्ड तथा सम्मान समेत प्राप्त गर्नुभएको छ। यसका साथै उहाँले विभिन्न नेपाली चलचित्रहरूमा पनि अभिनय गर्दै आफ्नो कलाकारिता यात्रालाई फराकिलो बनाउँदै लैजानुभएको छ।
हुम्लाजस्तो दुर्गम भूगोलबाट कलाकारिताको क्षेत्रमा आफ्नो पहिचान बनाउन अघि बढ्नु आफैँमा प्रेरणादायी यात्रा हो। आफ्नो अनुशासन, लगनशीलता र प्रतिभालाई निरन्तर निखार्दै अगाडि बढिरहनुभएकी आरतीले आगामी दिनमा नेपाली मोडलिङ तथा चलचित्र क्षेत्रमा अझै राम्रो काम गर्दै नयाँ उचाइ हासिल गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ।
आरती बुढाको कलाकारिता यात्रा अझ सफल, सशक्त र उज्ज्वल बनोस्, हार्दिक शुभकामना!





