आशिष र रचनाको ‘चुलबुले नानी’ चर्चामा, यु ट्युब मा दिनप्रतिदिन बढ्दै भ्युज

देशभक्ति, आधुनिकता र प्रेमभाव बोकेका गीत सिर्जनामा सक्रिय गीतकार रिमा श्रेष्ठले नेपाली कला, भाषा र संस्कृतिलाई गीत संगीतमार्फत विश्वसामु चिनाउने प्रयास गर्दै आएकी छन्। ‘चुलबुले नानी’ पनि नेपाली लोक संस्कृतिको मौलिक स्वादलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ।

Byशिक्षापाटी

२०८३ आश्विन १२, सोमवार

लोक शैली, आधुनिक प्रस्तुति र आकर्षक नृत्यको संयोजन रहेको नयाँ गीत ‘चुलबुले नानी’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएसँगै यसको चर्चा बढ्दै गएको छ। ‘Reema Shrestha’s World’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोले पछिल्लो समय दर्शक तथा संगीतप्रेमीको ध्यान तानिरहेको छ।

ऊर्जावान लोक नृत्य शैलीमा तयार पारिएको गीतले नेपाली मौलिकता, आधुनिक संगीत र आकर्षक प्रस्तुतिलाई एकै ठाउँमा समेटेको छ। गीतमा लोकप्रिय गायक आशिष अविरल र चर्चित गायिका रचना रिमालको सुमधुर स्वर रहेको छ। गीतमा संगीत समेत आशिष अविरलकै रहेको छ भने गीतका सर्जक रिमा श्रेष्ठ हुन्।

पछिल्लो समय सामाजिक सञ्जालमा समेत चर्चा बटुलिरहेको ‘चुलबुले नानी’को म्युजिक भिडियोमा कलाकार सुरेश कोहली र जुना सुन्दासको आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन् भने सहायक कोरियोग्राफी माधव ढुङ्गानाको रहेको छ। म्युजिक भिडियोको निर्देशन पुराना र चर्चित निर्देशक सोनाम पाख्रिनले गरेका हुन्।

गीतको एरेन्ज कुशल सिंह निलले गरेका छन्। रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी गायक तथा संगीतकार आशिष अविरलले सम्हालेका छन्। गीतको रेकर्डिङमा शिशिर परियार र कृष्ण लामिछानेको समेत योगदान रहेको छ। गीतको सम्पूर्ण रेकर्डिङ कार्य रागा रेकर्ड्स एण्ड रिसर्च सेन्टरमा गरिएको हो।

म्युजिक भिडियोमा चर्चित सिनेमेटोग्राफर उत्सव दाहालको छायांकन रहेको छ भने सम्पादन बिजेश पौडेलले गरेका छन्। त्यस्तै, मेकअप ज्योति केसीले गरेकी छन्। दिपेन गौतम माइकल प्रोडक्सन म्यानेजर रहेको यस परियोजनाका निर्माता कुशल गुरुङ हुन्।

देशभक्ति, आधुनिकता र प्रेमभाव बोकेका गीत सिर्जनामा सक्रिय गीतकार रिमा श्रेष्ठले नेपाली कला, भाषा र संस्कृतिलाई गीत संगीत मार्फत विश्वसामु चिनाउने प्रयास गर्दै आएकी छन्। ‘चुलबुले नानी’ पनि नेपाली लोक संस्कृतिको मौलिक स्वादलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ।

गीतप्रति दर्शक तथा श्रोताबाट प्राप्त भइरहेको माया र प्रतिक्रिया प्रति आभार व्यक्त गर्दै गीतकार रिमा श्रेष्ठले लोक नृत्य शैलीमा तयार पारिएको ‘चुलबुले नानी’लाई माया गर्ने सम्पूर्ण दर्शक तथा श्रोताप्रति हृदयदेखि नै नमन व्यक्त गरेकी छन्।

गीत सार्वजनिक भएसँगै YouTube तथा सामाजिक सञ्जालमा यसको चर्चा र भ्युज क्रमशः बढिरहेको छ। मौलिक लोक स्वाद, आकर्षक संगीत र नृत्य प्रस्तुतिका कारण ‘चुलबुले नानी’ले नेपाली संगीत क्षेत्रमा थप चर्चा पाउने अपेक्षा गरिएको छ।

यु ट्युबमा गीत हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

 

https://www.youtube.com/watch?v=ZkSEJnsFiBc

प्रतिकृया दिनुहोस्